काठमाडौं – हिमालयन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०र८१ को १८ औं वार्षिक साधारण सभामा लगानीकर्ताहरुलाई बोलाएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको ४३ औं बैठकको निर्णयले उक्त सभा असार १० गते आम्रपाली बैक्वेट, थिरबम सडक, भाटभटेनी, नक्साल, काठमाण्डौंमा बिहान १०ः३० बजे हुने भएको हो।
कम्पनीले सो बैठकमा हाल चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजारको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्न स्वीकृत प्रदान गर्ने भएको छ।
साथै, उक्त सभा प्रयोजनका लागि कम्पनीले जेठ २८ गते शेयरधनी दाखिला खारेज (बुक क्लोज) गर्नेछ। सो बुक क्लोज मितिभन्दा अधिल्लो दिन (जेठ २७) सम्म नेपाल स्टक एक्चेञ्जमा कारोबार गरी कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाण्डौंको शेयरधनी दर्ता कितावमा कायम हुन आएका शेयरधनीहरुले मात्र उक्त सभामा सहभागि हुन सक्नेछन्।






About Us
प्रतिक्रिया