कोरोना प्रभावित क्षेत्रलाई सहुलियत दिन ५० अर्बको कोष

 कोरोना प्रभावित क्षेत्रलाई सहुलियत दिन ५० अर्बको कोष


बैकिङ्ग समाचार ।

सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था भएअनुसार कोरोनाबाट अति प्रभावित पेशा/व्यवसाय सञ्चालनका लागि ५० अर्बको कोष कार्यान्वयनमा आउने भएको छ । मौद्रिक नीतिले उक्त कोष परिचालनको घोषणा गरेको हो । निश्चित मापदण्ड बनाएर ५० अर्बको कोष परिचालन गरिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार यो कोषको रकम पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलगायत व्यवसायको संचालन र निरन्तरतामा उपयोग गरिने भएको छ । ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेलाई उद्यमशिलताको अवसर दिन यो रकम उपयोग हुने भएको छ । कोषको रकम बैक तथा  वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजमा कर्जाका रुपमा उपलब्ध हुनेछ ।