बैंकका सीइओको तलब काटिने, संचालकको भत्ता पनि घट्ने

बैंकका सीइओको तलब काटिने, संचालकको भत्ता पनि घट्ने


बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकले कोभिड १९ को कारण बैंक तथा वित्तीय संस्थाको संचालन खर्च घटाउनको लागि सीइओको तलब पुनरावलोकन गर्ने भएको छ ।

मौद्रिक नीति मार्फत गभर्नर महाप्रसाद अधिकारीले तलब भत्तामा पुनरावलोकन गर्ने घोषणा गरे । यस्तै संचालकको भत्तामा समेत कटौती गर्ने नीति मौद्रिक नीतिले गरेको छ ।

सिइओको तलबभत्ता धेरै भएको चर्चा भइरहँदा राष्ट्र बैंकले सिइओको तलव कटौती गर्ने संकेत गरेको हो । मौद्रिक नीतिमा उल्लेख भए अनुसार बैंकका उच्च कर्मचारी र सिइओको तलव भत्तामा पुनरबिचार गरीने भएको हो ।b