चुक्ता पुँजीको ५ % भन्दा कम वितरणयोग्य नाफा भएका वित्तीय संस्थाले नगद लाभांश दिन नपाउने

चुक्ता पुँजीको ५ % भन्दा कम वितरणयोग्य नाफा भएका वित्तीय संस्थाले नगद लाभांश दिन नपाउने


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीति मार्फत आव २०७६/०७७ मा खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म उक्त संस्थाको २०७७ असार मसान्तसम्म निक्षेपको भारित औषत ब्याजदर भन्दा बढी नहुने गरी मात्रै नगद लाभांश दिने पाउने व्यवस्था गरेको छ ।

कुल चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम खुद वितरणयोग्य नाफा भएका वित्तीय संस्थाको नगद लाभांशमा रोक लगाइने भएको छ ।

यस मौद्रिक नीतिले ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि थप्ने, सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँसम्म पुर्याउने व्यवस्था गरेको छ । हाल कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, बैंकिङ क्षेत्र सबै प्रभावित भएकाले यसैलाई केन्द्रिीत गरी मौद्रिक निति ल्याइएको छ ।