लघुवित्तको लाइसेन्स रोकियो, कर्जाको ब्याजदर १५ % भन्दा बढाउन नपाइने 

लघुवित्तको लाइसेन्स रोकियो, कर्जाको ब्याजदर १५ % भन्दा बढाउन नपाइने 


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले लुघुवित्त संस्थाको नयाँ लाइसेन्स रोकेको छ ।

नेपाल राष्ट्र बैंकले लुुघुवित्त संस्थाको नयाँ लाइसेन्स नदिने घोषणा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे ।

यस्तै लघुवित्त संस्थाले १५ प्रतिशत ब्याजदरमा कर्जा दिनुपर्ने व्यवस्था गरेको छ ।अब लघुवित्तबाट १५ प्रतिशतमै कर्जा पाउन सकिने छ । यसअघि लघुवित्तहरुको १७ प्रतिशत व्याज तोकिएको थियो । लघुवित्तको नयाँ लाइसेन्स पनि रोक्ने निर्णय भएको छ ।

यस मौद्रिक नीतिले ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि थप्ने, सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँसम्म पुर्याउने व्यवस्था गरेको छ । हाल कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, बैंकिङ क्षेत्र सबै प्रभावित भएकाले यसैलाई केन्द्रिीत गरी मौद्रिक निति ल्याइएको छ ।