रवीनाले गरिन नयाँ जिवनको सुरुवात

27.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सेलेब्रेटी बैंकरका रूपमा परिचित रवीना देशराज श्रेष्ठले  प्रणय दिवसको अवसरमा उनले द्वारिका होटलमा प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी छन । इन्स्टाग्राममा प्रेमीसँगको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘मैले धेरै प्रतीक्षा गरेको उनको प्रस्तावलाई स्वीकार गरेँ।’

स्टुआर्टले पनि ‘उनले हुन्छ भनिन्’ भन्दै इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन्। अभिनेत्री तथा रवीनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गर्दै बधाई दिएकी छन्।  रवीनाले केही समयअघि इन्स्टाग्राममा आफ्नो र प्रेमीको तस्बिर राख्दै लेखेकी छन्, ‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन। मेरा पुर्खाहरू र ब्रह्माण्डको आशीर्वादका कारण मैले एकदमै दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु। यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ।’ स्टुआर्ट बेलायती नागरिक हुन्। रवीना तत्कालिन मेगा बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन्। रवीना नेपाली कलाकार आयुष्मान देशराज श्रेष्ठ र आशीरमान देशराज श्रेष्ठकी आमा तथा नायिका प्रियंका कार्कीकी सासू समेत हुन् ।

हिरो आयुष्मान देशराज र नायिका प्रियंका कार्कीकी १५ महिनाकी छोरी आयन्का छन् । रवीनाले प्रेमी पाउँदा खुसी भएको बताएकी छिन् । 

फोटोफिचर 

\"\"\"\"\"\"\"\"

फोटोहरु प्रियंका कार्कीको इन्स्टाग्रामबाट।