नबिल बैंकको अफरः ७.९९ % मा घर कर्जा 

नबिल बैंकको अफरः ७.९९ % मा घर कर्जा 


बैकिङ्ग समाचार ।  

नबिल बैंकले सबै ऋणी ग्राहकको आवश्यकतालाई सहज पर्ने उद्देश्यले '३६औं वार्षिकोत्सव योजना' ल्याएको छ।

उक्त योजना अन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने बताइएको छ।

जस अन्तर्गत 
घर कर्जामा : ७.९९%
धितो कर्जामा : ८.४९%
व्यक्तिगत ओभरड्राफ्टमा :८.४९%
साना तथा मझौला कर्जामा: ७.९९%

सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट सबै शाखाहरुबाट अगाडी बढाउन सकिने बैंकले बताएको छ।

यस योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकहरुलाई केही सहायता पुग्ने बैंकले विश्वास गरेको छ।  

नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको छ।