सानिमा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाईमा सिजी सिमेन्टमा लगानी

सानिमा र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाईमा सिजी सिमेन्टमा लगानी


बैकिङ्ग समाचार ।  
सानिमा बैंकको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सि.जि. सिमेन्टमा लगानी गरिएको छ।

यससँगै ग्लोबल आईएमई बैंक लि., कुमारी बैंक लि., सनराइज बैंक लि., प्रभु बैंक लि., नेपाल बैंक लि., सेञ्चुरी बैंक लि., नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., र नेपाल एसबिआई बैंक लि. समेतको सहभागितामा सि.जि.सिमेन्ट इन्डष्ट्रिज पाल्पामा लागानि गरिएको हो।

क्लिङ्कराइजेसन प्लान्टको क्षमता १,९५०टिडिपीबाट २,९५०टिपिडी विस्तार गर्न आवश्यक थप कर्जा २ अर्ब ३७ करोड ८० लाख रुपैयाँ र कुल ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न बैंकहरुले सहभागिता जनाएका थिए।

पौष ७, २०७४ मा भएको उक्त सहवित्तीयकरण सम्झौतामा आसार ३० गते पुरक सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ।

उक्त समारोहमा अगुवा बैकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईँले सम्झौतामा हस्ताक्षर गरेका हुन्।