एनआइसी एशियाको खातामा नगद जम्मा गर्न अनलाईनबाटै भौचर भर्न सकिने

एनआइसी एशियाको खातामा नगद जम्मा गर्न अनलाईनबाटै भौचर भर्न सकिने


बैकिङ्ग समाचार । 
एनआइसी एशिया बैंकको खातामा नगद जम्मा गर्न अनलाईनबाटै भौचर भर्न सकिने सेवाको सुरु भएको छ।

आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरेर आफुले चाहेको खातामा नगद रकम जम्मा गर्न भौचर भर्न मिल्ने अनलाईन प्रणालीको सुरु गरिएको हो।

ग्राहकले आइसर्भ डट एनआइसी बैंक डट कम लिंकमा गएर नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिने बैंकले बताएको छ।

उक्त लिंक भित्र पुगेपछि सेवाग्राहीहरुले भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिनेछ।

सो भौचरमा आफूलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएसमार्फत डिपोजिट कोड पठाईनेछ। त्यसपछि डिपोजिट कोडसहित सेवाग्राही सिधै कुनै नगद भौचर सोझै नगद काउण्टरमार्फत नगद जम्मा गर्न चाहेको खातामा जम्मा गर्न सकिने बैंकको भनाइ छ।

यसरी नगद जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि नगद बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा नगद रकम जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ।

बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सहयोग हुनेछ बैंकले विश्वास लिएको छ।

यस बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदैं आएको छ।