इन्भेष्टमेन्ट बैंकका सिइओको कार्यकाल थपियो 

इन्भेष्टमेन्ट बैंकका सिइओको कार्यकाल थपियो 


बैकिङ्ग समाचार ।  
नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेको कार्यकाल थप गरिएको छ।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले उनको कार्यकाल चार वर्ष थप गरेको एक सदस्यले जानकारी दिए।

पाण्डेको कार्यकाल अब २०८१ असार मसान्तसम्म रहने भएको छ। साउन १ गते उनकाे कार्यकाल सकिँदै थियाे।