ईजिलिंक रेमिट्यान्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध 

ईजिलिंक रेमिट्यान्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध 


बैकिङ्ग समाचार ।  
ईजीलिंक रेमिटेन्स प्रा.लि. नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ।

नेशनल पेमेन्ट्स इन्टरफेस (एनपिआइ) को प्रयोग गरेर रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीको बैंक खातामा जम्मा हुने गरि सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा आबद्ध भएको हो।

यो व्यवस्थासँगै ईजीलिंक रेमिटेन्सका भुक्तानीका कारोबारहरु कनेक्टआइपिएस इ–पेमेन्ट प्रणाली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ।

अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसिएचएल आइपिएस मार्फत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिनेछ।

यस साझेदारीले बैंक खातामा आधारित रेमिट्यान्सका लागि ईजीलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।