सरकारी गाडी किन्न साढे १ अर्ब विनियोजन, पौने ६ अर्ब खर्च

सरकारी गाडी किन्न साढे १ अर्ब विनियोजन, पौने ६ अर्ब खर्च


बैकिङ्ग समाचार ।  
सरकारले सवारी साधन खरिदमा वर्षभर छुट्याएको रकमभन्दा ४०६.७८ प्रतिशत बढी रकम खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा सवारी साधन खरिदमा लक्ष्यको तुलनामा ठूलो रकम खर्च गरेको उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार सरकारले उक्त आवमा १ अर्ब ४४ करोड २६ लाख रुपैयाँ सवारी साधन खरिदमा खर्च गर्ने लक्ष्य राखेको थियो । तर, एक वर्षमा ५ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ सवारी साधनमा खर्च भएको छ ।

यो विनियोजन लक्ष्यको तुलनामा ४०६.७८ प्रतिशत हो । यसरी सरकारले कुल बजेट खर्चको ०.५३ प्रतिशत रकम गाडी किन्न मात्र खर्च गरेको देखिएको छ । 

सरकारले यस वर्ष सार्वजनिक निर्माण, सामाजिक सेवा अनुदानजस्ता उपलब्धीमूलक कार्यक्रममा भने लक्ष्यको तुलनामा निकै कम खर्च गरेको छ । सेवा सुविधाका सन्दर्भमा भने मनग्य खर्च गरेको प्रतिवेदनले औंल्याएको छ ।