महासंघको चुनावः एउटा प्यालनको पक्षमा लागेको भन्दै शेखर गोल्छाको आलोचना

महासंघको चुनावः एउटा प्यालनको पक्षमा लागेको भन्दै शेखर गोल्छाको आलोचना


बैकिङ्ग समाचार ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभाका लागि घोषणा भउको दुई मध्ये एक पक्षको प्यानलमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा खुलेर लागेको भन्दै आलोचना भएको छ।

आगामी कार्यकालका लागि चन्द्र ढकाल र किशोर प्रधान नेतृत्वको प्यानल घोषणा भएका छन्। आउने साधारणसाभाबाट स्वत: अध्यक्ष हुने गोल्छा किशोर प्रधान नेतृत्वको प्यानलको पक्षमा खुलेर लागेपछि चन्द्र ढकाल प्यानलका व्यवसायीहरुले आलोचना शुरु गरेका छन्।

आफ्नो प्यालनका पदाधिकारीहरुसहित सामूहिक कार्यक्रम गरेर आज राजधानीमा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालले गोल्छाले आफ्नो आफ्नो गुण बिर्सिएको आरोप लगाएका छन्।

'स्वभाविक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षका रुपमा शेखर गोल्छाले हाम्रो टीमको नेतृत्व गर्नुहुनेछ। शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ?त्यो के का लागि ?' ढकालले प्रश्न गरे।

महासंघको साधारणसभा अघि विधान संसोधन गरी वरिष्ठ अध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान हटाउने बहस भएको थियो। त्यतिबेला महासंघभित्र विवाद सिर्जना भएको थियो।

'आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर कसले लविङ गरेको थियो ?, भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ' ढकालले भने।

यद्यपी अहिले जसको पक्षमा जस्तो भएपनि सबैको अध्यक्ष हुने र आफू गोल्छालाई अध्यक्ष मानेर सहकार्य गरेरै जाने उनले बताए।