घर किन्दै हुनुहुन्छ ? एनआइसिले ल्यायो यस्तो अफर

घर किन्दै हुनुहुन्छ ? एनआइसिले ल्यायो यस्तो अफर


बैकिङ्ग समाचार ।
घर किन्ने सेवाग्राहीहरुका लागि एनआइसी एसिया बैंकले नयाँ अफर ल्याएको छ।

सुपर चमत्कारिक घर कर्जा योजना सार्वजनिक गर्दै सो बैंकले नयाँ अफर ल्याएको हो ।

यो योजनामा ग्राहकले ८ दशमलव दुई पाँच प्रतिशत ब्याजदरमा कर्जा  लिन सक्ने बैंकले जनाएको छ।

बैंकले यो योजनामा ५ वर्षसम्म ब्याज मात्रै तिरे हुने,अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा स्वाप गर्न सकिने,घर जग्गा खरिद तथा निर्माण अघि नै कर्जा स्विकृत गर्न सकिने बताएको छ।

पहिलो पटक घर खरिद र निर्माण गर्दा धितोको बजार मूल्यको ७० प्रतिशत सम्मको कर्जा सुविधा दिइने बैंकले उल्लेख गरेको छ।