भावना अवस्थी, काठमाडौं ।
जीवन निर्वाहका लागि मानिसहरुले जस्तोसुकै परिश्रम पनि गरेको देखिन्छ । बढ्दो वेरोजगारीको अवस्थामा सबैलाई आफ्नो परिवारको लालनपालन, शिक्षा र स्वास्थ्यको लागि नगद जुटाउन मिहनेत गर्नै पर्छ । शहरबजार, हुनेखाने र सम्पन्न वर्गका लागि मात्रै रहेछ भन्ने मानिसहरुले औंल्याएका छन । यहाँ हजारौं मानिसहरु दुई छाक टार्नकै लागि संघर्ष गरिरहेका छन् । राज्यले रोजगारीको वातावरण सिर्जना गर्न असक्षम बन्दै गइरहेको छ । युवा विदेशिने क्रम रोकिने अवस्थामै छैन । आफैले कुनै व्यापार, व्यवसाय गर्न ठूलो लगानी नभएका निम्न वर्गीय मानिसहरुका लागि यो मुलुकमा यती धेरै चुनौती छन की सोच्नै सकिँदैन । काम पनि सजिलै नपाइने, सानो लगानीमा केही गर्न पनि नसकिने ।
रमेशलाई यो बिषयमा थाहा रहेनछ क्यारे उसले अपत्यारीलो स्वरले भन्यो ‘हावा कुरा ! अनलाइनबाट पनि लोन लिन मिल्छ र ?’ उसको प्रश्नमा जिज्ञासासँगै आशा पनि देख्न सकिन्थ्यो ।
फेरि लगानीको लागि पैसा जुटाउनै मुस्किल । यस्तै समस्याहरुबीच रुमलिएका रमेश र स्नेहाको कथा पनि उस्तै छ । स्नेहा कक्षा १० पास गरेर आमा–बुवा सँगै काठमाडांै आएकी थिइन्। प्लस टु देखि काठमाडौंमै पढ्ने र केही गर्ने उनको सोच थियो । विराटनगरबाट काठमाडौं छिरेकी स्नेहाको संघर्ष पनि काठमाडौंका आम सर्वसाधारणको भन्दा कम भएन । प्लस टु सँगै स्नातक र स्नातकोत्तर गर्दा पनि उनी कामकै लागि भौतारिएकी थिइन । यता ओखलढुंगाबाट काठमाडौं पसेका रमेशको पनि जिवन स्नेहाको जस्तै थियो । संयोगले स्नेहा र रमेश पढ्ने कलेज एउटै हुन पुगेको थियो । स्नातक र स्नातकोत्तर सँगै पढेका रमेश र स्नेहा बेलाबेलामा भेट्थे । नयाँ योजना र व्यवसायका बारेमा उनीहरुबीच अक्सर गफ भइरहन्थ्यो ।
स्नातकोत्तर सकिएपछि लामो समयसम्म भेटघाट नगरेका उनीहरुले एकदिन भक्तपुर सुकुल ढोकाको एउटा चिया पसलमा भेटे । चिसो दिन भएकाले रमेशले चिया पिउने भने । स्नेहा पनि चियाको पारखी, चिया भनेसी हुरुक्कै हुन्थिन । चिया स्नेहाले नै मगाइन । चिया पर्खीदै उनीहरुबीच विगतका रमाइला पलहरुको बारेमा मिठा–मिठा गफ सुरु भए । चियाको सुर्किसँगै स्नेहाले भनिन, ‘हामी सँगै पढेको कुशलले त कस्तो राम्रो व्यवसाय सुरु गरेछन है । नयाँ खालको मड्का चिया पसलमा त फाइदा पो हुँदोरहेछ ।’ साथि कुशललाई सम्झिदै रमेशले भने, ‘हो फाइदा हुँदो रहेछ । बैंकबाट पनि उसले राम्रै लोन लिएको छ । आजकल त साथि लाखौँमा खेलेका छन ।’ फेरि स्नेहाले अर्को साथीलाई सम्झिदै उसले पनि लोक सेवा पास गरेको बताइन । रमेशले पनि आफ्नो नजिकको साथि गाउँपालिकाको प्रशासकीय अधिकृत भएको खबर सुनाए । यसैगरी चिया पिउँदै दुवै जनाले सँगै पढेका साथिहरुलाई स्मरण गरे ।
रमेश लोक सेवा पास गर्न नसकेपछि लामो समय विदेश बसेर आएका थिए । त्यसैले पनि उनीहरुको लामो समयसम्म भेट भएको थिएन । स्नेहाले भने बिजनेस स्टडीजबाट स्नातकोत्तर सकिने बित्तिकै व्यवसाय सुरु गरेकी थिइन् । उनको बिराटनगरमा स्टिल फ्याक्ट्री थियो । उनको रुचि र पारिवारीक पृष्ठभूमीले पनि सम्पन्न भएर होला उनलाई व्यवसाय सञ्चालन गर्न केही कुराले रोकेन । पैसाको अभावले स्नेहालाई कहिल्यै रोकेन । हुन त उनको मिहनेतले पनि होला व्यवसाय फस्टाउँदै गएको थियो । तिता मिठा यादहरु र गफगाफकैबीच साथि रमेशले पनि व्यवसायमा चासो देखाउँदै सरसल्लाहकै लागि स्नेहालाई भेटेका थिए । सँगै पढेको त्यसमाथि मिल्ने साथिले गरेको व्यवसाय सप्रिएको देख्दा रमेशलाई पनि खुशी लागिरहेको थियो ।
कुरा अझै बाँकी नै थिए तर साँझको ५ बजिसकेको थियो । स्नहाले आजै आफु विराटनगर फर्किने र साँझ ६ बजेको प्लेन टिकेट काटिसकेको कुरा सुनाइन । र दुवैजनाले छिट्टै भेट्ने बाचा गर्दै छुट्टिने निर्णय गरे । रमेशले पनि नाई भन्नै सकेनन । मन नहुँदा नहुँदै पनि छुट्टिनुपरेकाले दुवैजनालाई कता–कता नरमाइलो भने लागिरहेको थियो । दुवैजना एकअर्काबाट बिदा मागेर आ–आफ्नो बाटो लागे। स्नातकोत्तर पास गरेपछि लामो समय वैदेशिक रोजगारीमा पुगेका रमेश पनि नेपालमै केही व्यवसाय सञ्चालन गर्ने सोचमा थिए । त्यसैले त उनले स्नेहासँग सल्लाह लिएका थिए । त्यसपछि नभन्दै एकदिन उनले भक्तपुरमै एउटा रेष्टुरेन्ट सुरु गरे । रेष्टुरेन्ट सञ्चालन गरेको केही समयपछि विश्वव्यापी रुपमा आएको कोभिड–१९ ले रमेशको रेस्टुरेन्ट पनि ठप्प भयो । आफ्नो रहर र मेहेनतसँगै रमेशको लगानी पनि खेर गयो । तर प्राकृतिक प्रकोप जस्तै कोभिड–१९ ले यो कुरा बुझ्ने भए पो ! करिब ३ बर्ष रहेको कोभिड महामारीले बन्द भएको रेष्टुरेन्ट अगाडी बढाउन फेरि उत्तिकै मेहेनत र लगानी आवश्यक पथ्र्यो ।
रमेशले यो राम्रोसँग बुझेका थिए । तर उनीसँग लगानीका लागि पैसा नै थिएन । विदेशमा दुःख गरेर कमाएको पैसा बालुवामा पानी खनाएजस्तै भयो । सुरु गरिसकेको रेष्टुरेन्ट बन्द गर्न पनि उसको मनले मानेन । यस्तै समस्याहरुबीच फेरि वषौँपछि रमेशको भेट स्नेहासँग भयो । फेरि सन्चो बिसन्चोबाट सुरु भयो उनीहरुको चिया गफ । गफगाफकैबीच रमेशले पनि आफ्नो व्यवसाय कोभिडले बिगारेको र लगानी गर्न थप पैसा नभएको कुरा स्नेहालाई सुनाउँदै भने, ‘ हेर न ! म त साह्रै अफ्ठ्यारोमा परेको छु ।
विदेशबाट ल्याएको पैसा सबै सकियो । रेष्टुरेन्ट चलाउन थप पैसा नै छैन । लगानी कसरी जुटाउने होला ?’ स्नेहाले आफ्नो पनि व्यवसायमा असर परेको तर आफुले अनलाइनबाट लोन लिएर लगानी गरेको कुरा सुनाईन र भनिन् ‘रमेश आजकल बैंकले फोन लोनको सुविधा ल्याएको छ । तिमीलाई थाहा छ ? आजकल त कर्जा लिन बैंकसम्मै जान पर्दैन नी ।’ रमेशलाई यो बिषयमा थाहा रहेनछ क्यारे उसले अपत्यारीलो स्वरले भन्यो ‘हावा कुरा ! अनलाइनबाट पनि लोन लिन मिल्छ र ?’ उसको प्रश्नमा जिज्ञासासँगै आशा पनि देख्न सकिन्थ्यो । स्नेहाले चिया सुरुप्प पार्दै भनिन् ‘तिमीलाई थाहा छैन ?’ ‘छैन नि’ रमेशले जिज्ञासु हुँदै जवाफ दिए । स्नेहाले सम्झाउँदै भनिन, ‘विभिन्न बैंकहरुले ग्राहकहरुको सुविधाका लागि अनलाईन लोन (फोन लोन) नामक नयाँ लोन सुविधा ल्याएका छन् । यसमा तिमीले किन निवेदन दिँदैनौँ ।’ स्नेहाको कुरा सुनेर अझ उत्सुक हुँदै रमेश सुन्न थाले। स्नेहा लोनबारे बताउँदै यस्तो खालको कर्जा लिन अत्यन्तै सहज र सरल रहेको जानकारी दिइन । उनले भनिन, ‘यस्तो लोन सुविधामा ग्राहकहरुले कति सम्म लोन पाउने र कति समयका लागि पाउने भन्ने बैंकहरुको आ–आफ्नो नियम हुन्छ । यस्तो खालको लोनको लागि मोवाइल बैकिङ्गको प्रयोग भने गरेको हुनुपर्छ है ।’
रमेशलाई केही हदसम्म आशा पलायो । यस्तो लोन ल्याउनु बैंकहरुसँगै ग्राहककाा लागि राम्रो रहेको र यसले समस्या हुँदा सजिलो हुने स्नेहाले बताइन । यस्तै कुरा गर्दागर्दै स्नेहाले आफु विराटनगर फर्किनुअघि फेरि चिया पिउने सर्तमा छुिट्टने बताइन ।
फेरि चिया गफमा भक्तपुरमा भेट भएका उनीहरुले फोन लोनकै बारेमा गफ गरे । रमेशले स्नेहासँग निकै जिज्ञासु हुँदै सोधे, ‘के मैले आवेदन दिए यस्तो कर्जा पाउँछु त ?’ फेरि स्नेहाले उनलाई सम्झाउँदै भनिन, ‘नियमित आय आर्जनको स्रोत भएका, बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुका यो सेवा मार्फत लोन पाउन सजिलो हुन्छ । बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिन्छ । स्नेहाको कुरा सुनेर समेश छक्क परे । त्यसपछि रमेशले यस्तो लोनमा छिट्टै आवेदन पेश गर्ने निर्णय गरे ।
प्रतिक्रिया