प्रभुु क्यापिटल र समृद्धि क्यापिटल गाभिए, प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु

प्रभुु क्यापिटल र समृद्धि क्यापिटल गाभिए, प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु


बैकिङ्ग समाचार ।

प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटड एक आपसमा गाभिई प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको छ।

सोमबार एक कार्यक्रम गरेर दुवै संस्थाले प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन्।

उद्धघाटन समारोहलाई सम्बोधन गर्दैै कार्यक्रमका प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले दुवै कम्पनी मर्ज भई एकिकृत कारोबार गरेको उपलक्ष्यमा बधाई तथा शुभकामना दिए।

नेपाली पूँजी बजारमा मर्जर पछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी पूँजीबजारमा महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएको उनले बताए।

उहाँले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्र बोर्डले यसतर्फ समेत ध्यान दिइरहेको बताए।

साथै विशिष्टिकृत योजनामा विदेशी लगानी समेत भित्र्याउन सकिने व्यवस्था गरेको भन्दै क्यापिटलहरु अझ बढि श्रृजनशील हुनुपर्ने भनाइ राखे।

कार्यक्रममा तत्कालिन समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपि भानु शर्माले पूँजी बजार व्यक्ति मात्रै नभई समाज नैं बन्ने मेलो भएको कुरालाई जोड दिए।

साथै ठूला ठूला संस्थाहरु नबनिकन देश बन्दैन भन्दै नेपाल धितोपत्र बोर्डले नियामकीय दायरा फराकिलो बनाईदिन आग्रह गरे।