बैंकिङ्ग समाचार, काठमाडौं ।
माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाख भन्दा बढी डाउनलोड भएको छ । सोही अवसरमा माइपे वालेटले माघ ३ र ४ गते बेलुका ४ बजेदेखि राती १२ बजेसम्म बढीमा १०० रुपैयाँसम्म क्यासब्याक अफर दिने बताएको छ । माइपेका बजार प्रवन्धक रोशन सापकोटाका अनुसार स्थापना भई कार्य संचालन गरेको पहिलो वर्षमै माइपे डिजिटल वालेटले यो सफलता हात पारेको हो । माइपेमा प्लेस्टोर, एप स्टोर र वेव साइट समेत गरी हालसम्म ८ लाख भन्दा बढी ग्राहक संख्या पुगिसकेका छन् ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले युवा ग्राहकहरुको पहिलो रोजाइको वालेट भएकाले आफुहरु खुशी भएको बताए ।
डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमा ल्याएको यस वालेट मार्फत ग्राहकहरुले हवाई टिकट बुकिङ, मोबाइल टपअप सँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधाहरु दिँदै आएको छ । जसमा हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधाहरु रहेका छन् ।
प्रतिक्रिया