अजोड इन्स्योरेन्सको आईपीओमा रेकर्ड ब्रेक, करिब ५ लाखले गरे आवेदन

अजोड इन्स्योरेन्सको आईपीओमा रेकर्ड ब्रेक, करिब ५ लाखले गरे आवेदन


बैकिङ्ग समाचार ।

अजोड इन्स्योरेन्स कम्पनीको आईपीओ हालसम्मकै उच्च संख्यामा आवेदन परेपछि रेकर्ड ब्रेक भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार सोमबार बेलुकासम्म करिब ६ गुणा बढी आवेदन परेको हो।

क्यापिटलका अनुसार ५ लाख लगानीकर्ताले करिब १ करोड ८१ लाख ३ हजार ७५० कित्ता अर्थात् एक अर्ब ८१ करोड ३ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको २७ लाख ३० हजारको तुलनामा ६.६३ गुणा बढी हो।

इन्स्योरेन्सले असार २५ गतेदेखि कूल ३० करोड रुपैयाँको आईपिओ बिक्री खुला गरेकोमा २७ लाख ३० हजार कित्ताको लागि सर्वसाधारणको लागि आवेदन खुला गरेको छ। एक लाख २० हजार कित्ता कर्मचारीको लागि र एक लाख ५० हजार कित्ता म्युचअल फन्डको लागि छुट्टाइएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ ।