गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज माघ १ गते, आईतबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले माघ महिनाका लागि घटाएर ब्याजदर प्रकाशन गरेको छ । डेभलपमेन्ट बैंकर्स सघको बैठकले माघको ब्याजदर प्रकाशन गर्दा निक्षेपको ब्याजदर घटाएर प्रकाशन गर्ने सहमति गरेका थिए । 

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १० प्रतिशत देखि अधिकतम १३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १३ प्रतिशत व्याज प्रदान गर्ने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर १२.४८ प्रतिशत रहेको छ ।