शिवम् सिमेन्टको नाफामा उलेख्य सुधार


काडमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक समीक्षा अवधिमा शिवम् सिमेन्टको नाफामा उलेख्य सुधार देखिएकाे छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म खुद नाफा ४० करोड छ।

गत वर्षको सोही अवधिमा यस्तो नाफा २० करोड ४२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा सञ्चालन आम्दानी ५ अर्ब ९९ करोडबाट ५ अर्ब ३९ करोडमा सिमित भएकाे छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ छ । उद्योगमा अघोषित लोडसेडिङ, निर्माण क्षेत्रमा देखिएको शिथिलता कायमै रहेको कम्पनीले विश्लेषण गरेको छ । हाल बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३३ रुपैयाँ छ ।