नबिल बैंकले खोल्यो अर्को डिजी बैंक 

नबिल बैंकले खोल्यो अर्को डिजी बैंक 


बैकिङ्ग समाचार ।

नबिल बैंकले ३६औँ वार्षिक उत्सवको अवसर पार्दै नबिल डिजी बैंकको सुरुवात गरेको छ । बैंकलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजानुपर्ने भन्दै बैंकले डिजी बैंक शुभारम्भ गरेको हो । 

डिजिटल युगसँगै बैकिङ्ग क्षेत्रलाई डिजिटलाइजेसन गर्नुपर्ने भन्दै नबिल बैंकका सीईओ अनिलकेशरी शाहले बैंकले नयाँ कार्यको थालनी गरिएको बताए ।

आइतबार भर्चुअल प्रेसमिट गर्दै डिजी बैंकको शुभारम्भ गरेका सीईओ शाहले डिजी बैकिङ्ग बैंकभित्रको अर्को बैंक हुने जनाए । उनले बजारको मागलाई मध्यनजर गर्दै बैंकले नबिल डिजी बैंङ्कको योजना ल्याएको बताए ।

बैंकको पहुँचमा नभएका तथा बैंकभन्दा टाढा रहेका ग्राहकलाई मध्यनजर गर्दै र बैंकको लागत घटाएर त्यसको फाइदा ग्राहकलाई दिने उद्देश्यले डिजी बैंकको सुरुवात गरेको डिजी बैंकका प्रमुख विनय रेग्मीले बताए ।

बैंकले डिजिटल बैंकिङलाई अगाडी बढाउन हुवावे कम्पनीसँग रणनीतिक साझेदारीसमेत गरिसकेको छ ।