प्रभु बैंकले १२ लाख कित्ता बढी संस्थापक शेयर लिलाम बिक्री गर्दै

प्रभु बैंकले १२ लाख कित्ता बढी संस्थापक शेयर लिलाम बिक्री गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेडले १२ लाख ७३ हजार ९१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले पुस २१ गते उल्लेखित कित्ता शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । प्रतिकित्ता रू. १४१ तोकिएको यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

तोकिएको मितिभित्र तोकिएको मूल्यलाई समेत ध्यानमा राखी यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी समेत बैंकले दिएको छ ।