सेञ्चुरी बैंकका कर्मचारीमा कोरोना पुष्टी, बैंकको शाखा सिल 

सेञ्चुरी बैंकका कर्मचारीमा कोरोना पुष्टी, बैंकको शाखा सिल 


बैकिङ्ग समाचार । 

सुदूरपश्चिममा पहलो पटक बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अछामको चौरपाटी गाउँपालिकामा रहेको बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

बैंकमा कार्यरत चौरपाटी गाँउपालीका ५ का स्थानीयमा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखाले जानकारी दिएको छ । कर्मचारीमा कोरोना देखिएपछि बैंक शाखा कार्यालय सील गरिएको छ । संक्रमितमको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ । 

\"\"

निर्धन उत्थान लघुवित्तका कर्मचारीमा कोरोना देखियो

कञ्चनपुरमा लघुवित्तका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा काम गर्दै आएको कैलाली जिल्लाको गोदावरी नगरपालिकाका ४२ वर्षका  कर्मचारीमा संक्रमण पुष्टि भएपछि कार्यालय सील गरिएको छ । संक्रमण पुष्टि भएका कर्मचारीलाई महाकाली अस्पतालको आइसोलेसन वार्डमा राखिएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार संक्रमित कर्मचारीको सम्पर्कमा आएका व्यक्तीहरुको खोजी कार्य कार्य भैरहेको छ । संस्थाका अन्य कर्मचारीलाई होम क्वारेन्टिनमा बस्न आव्हान गरेको र संक्रमित कर्मचारीको सम्पर्कमा आएका सबै जनाको पिसिआर परिक्षणका लागि नमूना संकलन गरी परिक्षणका लागि पठाउने व्यवस्था भैरहेको प्रहरीले जनाएको छ ।