काठमाडौं – प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले तीनकुने घटनामा तत्काल न्यायिक छानबिन समिति बन्नुपर्ने माग गरेका छन्। सोमबार प्रतिनिधिसभाकाे शून्य समयमा बाेल्दै शाहीले पोखरामा बेलुन पड्किदा न्यायिक छानबिन समिति बनाउनेले तीनकुनेमा सविन महर्जनमाथि टाउकोमा गोली हानेर मार्दा किन न्यायिक समिति बनेन ? प्रश्न गरे ।
उनले भने ‘यदि राज्यमा बस्नेहरूले गोली हान्ने अधिकार पाएका छन्, राज्य र सरकारमा बस्ने बित्तिकै गोली हान्न पाउने हो पूर्ण अधिकार राज्यले दिएको हो भने हामी पनि एक पटक सत्तामा बसौला ।’
साथै, तीनकुने घटनामा विभिन्न मानवअधिकारवादी संघसंगठनहरुले राज्यले मानवअधिकारको गम्भीर उल्लङ्घन भएको पुष्टि गर्दा पनि थुनिरहेको उनले आरोप लगाए ।





About Us
प्रतिक्रिया