मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)


काठमाडौं – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै गत सोमबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

शिक्षक महासंघसँग सहमति गरेसँगै १७ गते बसेको मन्त्रिपरिषद्ले उनीहरुका मागलाई सम्बोधन गर्न विभिन्न निर्णयहरु गरेको छ । शिक्षक तथा विद्यालय कर्मचारीलाई काठमाडौंमा रहेको निजामती अस्पतालमा उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने, अस्थायी प्रकृतिका शिक्षकको बिरामी विदा सञ्चित हुने र त्यसबापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रुपमा प्रदान गर्नेलगायत ९ बुँदै निर्णय गरेको छ।