काठमाडौं – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रुपैयाँसहित २ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा सहिद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय बिमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना. ४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया