तिनाउ मिसन डेभलपमेण्ट बैंकका अध्यक्षद्धारा शपथ ग्रहण

तिनाउ मिसन डेभलपमेण्ट बैंकका अध्यक्षद्धारा शपथ ग्रहण


बैकिङ्ग समाचार । 
 तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका नव निर्वाचित अध्यक्ष जीवन प्रसाद वझाले नेपाल राष्ट्र बैंक शाखा कार्यालय भैरहवामा नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।

यही असार २५ गते सम्पन्न भएको बैंकको १३ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी मध्येबाट संचालक पदमा निर्विरोध निर्वाचित हुनुभएका वझालाई साधारण सभा पश्चात वसेको संचालक समितिको पहिलो बैठकले अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको थियो ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक भैरहवामा कार्यरत सहायक निर्देशक रमेश न्यौपाने, उप निर्देशक गुलाव धवल सहित तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका संचालक समिति सदस्यहरु राजेन्द्र प्रसाद वझा, ऋषिराम पाण्डे, शालिकराम वेल्वासे, विपिन पौडेल, अनिल प्रसाद श्रेष्ठ सहित कम्पनी सचिव एवं बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको उपस्थिती रहेको थियो ।