शनिबार पनि बैंकहरु खुल्ला रहने

शनिबार पनि बैंकहरु खुल्ला रहने


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले भोली शनिबार पनि बैंकहरू खुला राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले यस असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न सूचना मार्फत निर्देशन दिएको हो । 

यस्तै, नेपाल क्लियरिङ हाउस समेत खुला रहने जनाइएको छ । आर्थिक वर्षको अन्तिम समय भएकोले राजश्व लगायतका भुक्तानी सहज बनाउन केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो ।