गोखार्ज फाइनान्सको सीइओमा इवाहाङ नियुक्त


काठमाडौं – गोखार्ज फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको ५१८ औं बैंठकको निर्णय अनुसार सो पदमा इवाहाङ नियुक्त भएका हुन् ।

कम्पनीले उनलाई वैशाख २१ गतेदेखि लागुहुने गरी सो पदमा ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो। यसअघि पनि उनलाई चैत ११ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको थियो। तर, उक्त निर्णय राष्ट्र बैंकको निर्देशनपछि उनकाे पद केही केही घण्टामै खारेज भएकाे थियाे ।