काठमाडौं – आज मन्त्रीपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने छ । त्यस्तै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सङ्घीय संसद् सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिधिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिसकिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।



About Us
प्रतिक्रिया