महेश शर्मा ढकाललाई ग्लोबल आइएमई बैंकमा कामुको सिइओको जिम्मेवारी

 महेश शर्मा ढकाललाई ग्लोबल आइएमई बैंकमा कामुको सिइओको जिम्मेवारी


 बैकिङ्ग समाचार । 
ग्लोबल आइएमई बैंकको निमित्त प्रमुखको रुपमा साउन १ गतेबाट लागु हुन गरेर डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई कायम मुकायम कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । 

प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवरले राजीनामा दिएपछि शर्मालाई निमित्त प्रमुख बनाइएको हो । जनता बैंक र ग्लोबल आईएमई बैंकको मर्जरपछि जनता बैंकका सिइओ कुँवर ग्लोवल आइएमई बैंकको सिइओ बनेका थिए । 

डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल मर्जर अघि ग्लोबल आइएमई बैंकका सिइओ थिए । बैंकमा अबको सिइओ उनलाई नै बनाउने तयारी छ ।