महानगरले गर्‍यो अनाधिकृत पार्किङ गरिएका सवारी साधनलाई कारबाही 


काठमाडौं – काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय महानगर प्रहरी बलबाट हिजो महानगर भित्र शहरी सु-व्यवस्था कायम गर्ने क्रममा अनाधिकृत पार्किङ गरिएका सवारी साधनलाई कारबाही गरेको छ । 

महानगरले अनाधिकृत पार्किङ गरिएका ९३ वटा दुई पाङग्रे , ४ वटा चार पाङग्रे र १ वटा वायु प्रदूषण गर्ने सवारी साधनलाई कारबाही गरेको हो ।