भोलिबाट देशभर भारतीय टीभी च्यानल बन्द 

भोलिबाट देशभर भारतीय टीभी च्यानल बन्द 


बैकिङ्ग समाचार ।
केबल टेलिभिजन सञ्चालकहरुले मंगलबारबाट देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् ।

भारतले नेपालमा एक सातादेखि अघोषित नाकाबन्दी गरेपछि नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसशोसिएसनको बैठकले मंगलबार १० बजेबाट देशभर हिन्दी च्यानलहरु बन्द गर्ने निर्णय गरेको हो ।

सर्वसाधारणको चर्को दबावपछि केबल टेलिभिजन सञ्चालकहरुले यस्तो निर्णय लिएका हुन् ।

विप्लव माओवादीले पनि हिन्दी च्यानलहरु, चलचित्रहरू र विज्ञापन बन्द गर्न उर्दी जारी गरिसकेको छ । बिभिन्न जिल्लाहरुमा सञ्चालित एफएमहरुले हिन्दी गीत बजाउनसमेत बन्द गरिसकेका छन् ।

नेपालमा अघोषित नाकाबन्दी गरेपछि भारत विरोधी भावना बढ्दै गएको छ । नेपालमा गरेको हस्तक्षेपको भारतीय नागरिकहरुले पनि विरोध गरिरहेका छन् ।