पोखरा फाइनान्सका सञ्चालक पौडेलले दिए राजीनामा 


काठमाडौं – पोखरा फाइनान्स लिमिटेडका सञ्चालक अच्युत पौडेलले राजीनामा दिएका छन् । पौडेलले आफ्नो व्यक्तिगत कारण खुलाई सो पदबाट राजीनामा दिएका हुन् । 

कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको ५५२ औँ बैठकको निर्णय अनुसार उनको राजीनामा स्वीकृत भएको छ ।  पौडेलले दिएको राजीनामा वैशाख १६ गते देखि लागू हुने गरी स्वीकृत भएको हो ।