छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा बढ्यो

छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा बढ्यो


 बैकिङ्ग समाचार ।
सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा विधि अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए।

खतिवडाले असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने निर्णय भएको जानकारी दिए।

काठमाडौं उपत्यकाका हकमा छोटो दूरीका यातायातका साधन यही भित्रका तीन जिल्लामा चल्न पाउनेछन्। बाहिरका हकमा भने जिल्लाभित्र मात्र चल्न पाउने व्यवस्था गरिएको छ।

छोटो दूरीका यातायातका साधनले यात्रु क्षमताको ५० प्रतिशतसम्म मात्र यात्रु चढाउन पाउनेछन्। त्यस्तै यो लकडाउनको अवधिमा गाडी चलाउँदा प्रचलित भाडादरमा ५० प्रतिशतसम्म अतिरिक्त भाडा लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ।

यस्तै सरकारले ट्याक्सी पनि खुलाउने निर्णय गरेको छ। ट्याक्सी सञ्‍चालन गर्दा पनि स्वास्थ्य सुरक्षाका सबै विधि अपनाउनुपर्ने पनि सरकारले निर्णय लिएको छ।