सार्वजनिक विदामा पनि बैंकका राजश्व संकलन काउन्टर खोल्न राष्ट्र बैंकको निर्देशन

सार्वजनिक विदामा पनि बैंकका राजश्व संकलन काउन्टर खोल्न राष्ट्र बैंकको निर्देशन


 बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई सूचना जारी गर्दै सार्वजनिक विदामा पनि राजश्व संकलन गर्ने सम्पूर्ण बैंकको काउन्टर र बैंकको क्लियरिङ्ग गर्ने काउन्टर खुला राख्न निर्देशन दिएको छ।

यस्तै राष्ट्र बैंकले असार २७ गते शनिबार र सो पछिका जुनसुकै सार्वजनिक विदामा समेत नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा काउन्टर एंवम क्लियरिङ सम्बन्धि कार्य गर्ने सबै काउन्टर लगायतनेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

राजश्व संकलन सम्बन्धि काउन्टहरु बाहेका अन्य शाखाहरु भने बन्द नै हुनेछन्।

राष्ट्र बैंक हरेक आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्त, दोश्रो त्रैमास अर्थात पुस मसान्त, तेश्रो त्रैमास अर्थात चैत मसान्त र चौंथो त्रैमास अर्थात असार महिनाको अन्तिम हप्ता २५ गते वा सो भन्दापछि मसान्तसम्म शनिबार लगायत जुनसुकै सार्वजनिक विदामा पनि बैंक खुला राख्न निर्देशन दिने गरेको छ ।