एनएमबि र आँधीखोला लघुवित्तको साधारण सभा आज

एनएमबि र आँधीखोला लघुवित्तको साधारण सभा आज


बैकिङ्ग समाचार । 
एनएमबि लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाले आज गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्दैछन्।

एनएमबि लघुवित्तले कम्पनीको केन्द्रीय कार्यालय पोखरामा ११ बजे र आधिँखोला लघुवित्तले होटल गाउँबेसी वालिङ– ८ स्याङजामा ११:३० बजे साधारण सभा आह्वान गरेको छ ।

एनएमबि लघुवित्तको साधारण सभाले शेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस (४ करोड ८६ लाख १ हजार ८७५ रुपैयाँ) शेयर र कर प्रयोजनको लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा छ । सभामा मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ।

लघुवित्तले यस अघि २०७६ चैत २६ गते साधारण सभा तोकेपनि लकडाउनका कारण स्थगित भएको थियो।

साधारण सभाका लागि लघुवित्तले चैत १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार चैत ९ गतेसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन्।
बेनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी ४५ करोड ३६ लाख १७ हजार रुपैयाँ पुग्नेछ।

उता आँधीखोला लघुवित्तको सधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन गर्ने , प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सभाका लागि लघुवित्तले साधारण सभा प्रयोजनार्थ असार ८ गतेदेखि २२ गतेसम्म बुकक्लोज गरेको छ।यद्यपी धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियामा रहेका कारण लघुवित्तको गत पुस ३ गतेदेखि शेयर कारोबार रोक्का रहेको छ।