बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल तेक्वान्दोका प्रणेता चिफ ग्रान्ड मास्टर जे. के. शिनद्वारा लिखित ‘रूट अफ तेक्वान्दो नेपाल’ Root Of Taekwondo Nepal संस्मरणात्मक तस्बिर पुस्तक सार्वजनिक भएको छ । शनिबार महाराजगंञ्जस्थीत कून्डलिनी दरबार बैंक्वेटमा सम्पन्न एक विशेष समरोहकाबीच पुस्तक विमोचन गरिएको हो । पुस्तकले नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जे. के. शिनको योगदान र यस कार्यमा उहाँलाई सहयोग गर्नुहुने व्यक्तित्वहरुको भूमिका उजगार गर्नुभएको छ । पुस्तकमा तात्कालीन तेक्वान्दो सम्बन्धित दुर्लभ तस्बिर समावेश गरिएका छन । नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफल भएको थियो भन्ने रोचक सन्दर्भबाट लेखकले यो पुस्तकको लेखन प्रारम्भ गर्नुभएको छ ।
जे. के. शिनको अभिभावक्त्वमा तेक्वान्दोलाई देशब्यापी रुपमा विस्तार तथा नेपालले अन्तराष्ट्रियस्तरका प्रतियोगितामा गरेका उपलब्धीहरुको सचित्र वर्णनले पाठकहरुलाई तात्कालिन समयको स्मृतिमा लग्दछ ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवंम नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाललाई अन्तराष्ट्रिय जगतमा परिचित गराउन तेकन्दोले उल्लेखीय भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ओलम्पिकमा हाम्रो नेपाल पछि परेको अवस्थामा हामीले हाम्रो तयारी तिब्र बनाउनुपर्नेछ ।
तोकन्दोजस्ता विश्वपरिवेशमा देशलाई परिचित गाराउने खेलहरुको विकासले अझ धेरै पर्यटन नेपालमा भित्रिन सक्दछ ।’ विशेष अतिथि पूर्व शिक्षा तथा संस्कृति मन्त्री केशर बहादुर बिष्टले नेपालमा तेक्वान्दोको स्थापना राजा धिरेन्द्र सरकारका पालामा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा यस खेल प्रहरी र सेनालाई तालिमका क्रममा खेलाइन्थ्यो । तर पछि यस खेलमार्फत अनुशासन पनि हुने हुनाले सबै आम जनतालाई खेलाउन लागिएको हो । यसको इतिहास हामीमाझ अझै ताजा छ ।’
उहाँले जे.के शिन नै नेपालको आधिकारिक तेकवान्दो स्थापक रहेको बताउनुभयो । यसका साथै कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो एशोसिएसनका उपाध्यक्ष एवंम पूर्व मन्त्री किसान श्रेष्ठले यस खेलको विकासको लागि आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘जे. के शिनलाई फादर अफ तेकवान्दोको रुपमा परिचित गराउनमा यस किताबले सहयोग गर्दछ भन्ने पूर्ण विश्वास छ ।’
यसका नेपाल खेलकुद परिषदका तत्कालिन कोषाध्यक्ष विष्णु गोपाल श्रेष्ठले जे. के शिनको सम्मानमा उपस्थित खेलाडीलाई उठेर सम्मान गर्न लागउनुभएको थियो । यस्तै कार्यक्रममा बोल्दै गुरु चिफ ग्रान्ड मास्टर जे.के शिनले नेपालमा मार्सल आट्र्सले जिवनलाई सधैँ ताजा र जिवन्त राख्ने सन्देश दिनुभयो । यसका साथै कार्यक्रममा अन्तराष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, सांसद विष्णु गोपाल श्रेष्ठ, प्रशिक्षक, खेलाडी लगायत व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया