नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट लिमिटेड एक आपसमा गाभिई आजदेखि एकिकृत कारोबारको सुरू

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड एक आपसमा गाभिई आज पौष १ गतेदेखि एकिकृत कारोबारको सुरू गरेका छन् ।

दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्धारा जारी गरिएको धितोपत्र व्यबसायी (मर्चेन्ट बैँकर) नियमवाली २०६४ को नियम बमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जररएक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नु पर्ने र गाभिने वा प्राप्त गर्ने कार्य सम्पन्न भएको छ महिनाभित्र मर्चेन्ट बैंकिङ्ग व्यवसायको लागि एक मात्र सहायक कम्पनी कायम गरी सक्नु पर्ने कानुनी व्यवस्था अनुरुप यस संस्थाका प्रवर्धक नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गरेपश्चात् भाद्र २१, २०७९ मा यस संस्था र एनबी क्यापिटल बीच सैद्धान्तिक सहमति भई संयुक्त मर्जर कमिटी गठन गरिएको थियो । 

बिशेष साधारण सभाबाट अनुमोदित निर्णय सहित दुवै संस्थाबाट एकिकृत कारोवारका लागि कम्पनी रजिष्ट्रारको कार्यलय निवेदन पेश गरिएको र कम्पनी रजिष्ट्रारबाट एकिकृत कारोवारको लागि स्विकृति प्राप्त भए पश्चात् गत मंसिर २७ गते यस कम्पनीको संचालक समितिको निर्णय बमोजिम आज पौष १ गतेका दिन देखि एकिकृत कारोवार गर्ने निर्णय बमोजिम उक्त घोषणा सभाको आयोजना गरिएको थियो ।