गण्डकीलाई गाभेपछि झनै विशाल बन्यो मेगा बैंक

गण्डकीलाई गाभेपछि झनै विशाल बन्यो मेगा बैंक


 बैकिङ्ग समाचार । 
मेगा बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई गाभेर झनै विशाल र बिलयो बनेको छ ।

मेगाले गण्डकीलाई प्राप्ती गरी यहि असार २१ गते आइतबारदेखि मेगा बैंक लिमिटेडको नाममा एकिकृत कारोबार थालेको हो । मेगाले गण्डकीलाई एक बराबर एक शेयर स्वाप अनुपातमा खरिद गरेको हो।

एकिकृत बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड पुगेको छ । यस्तै बैंकको निक्षेप एक खर्ब २५ अर्ब, कर्जा एक खर्ब ९ अर्ब पुगेको छ । यस्तै बैंकको ग्राहक संख्या ११ लाख नाघेको छ । झनै विशाल बनेको बैंकले अब २०६ शाखा तथा १४२ एटिम संञ्जाल मार्फत सेवा प्रदान गर्नेछ।

विकास बैंकमध्ये अग्रपक्तिमा रहेर वित्तीय सेवा प्रदान गर्दै आइरहेको गण्डकी विकास बैंकलाई गाभेपछि हिमाल, पहाड, तराईलाई समेट्दै अझ गुणस्तरीय तथा प्रभावकारी सेवा पुर्याउने बैंकले प्रतिवद्धता जनाएको छ।

मेगा बैंक र गण्डकी विकास बैंकको गत जेठ २१ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले एक आपसमा मर्जर तथा प्राप्तीको विशेष प्रस्ताव पारित गरेको थियो। मेगाले गण्डकीलाई प्राप्ति गर्ने सम्बन्धि सम्झौतामा पत्रमा गत असोजमा सैद्धान्तिक सहमति गरेको थियो ।