ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डूले मर्जरको लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेस

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेस गरेका छन्। ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमान्डूका अध्यक्ष प्रकाश श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेस गरेका हुन्।  

उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो। 

यसअघि ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो।

मर्जरको निम्ति सेयर स्वापअनुपात १    १ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्। उक्त अनुमोदनलाई दुवै बैंकले मसिंर २३ गते दुवै बैंकका साधारणसभाबाट समेत पारित गरिसकेको छ।