नेपाल बैंकको सिस्टम ह्रयाक गरेर ५५ लाख भ्रष्टाचार, शाखा प्रबन्धक विरुद्ध मुद्धा दायर 

नेपाल बैंकको सिस्टम ह्रयाक गरेर ५५ लाख भ्रष्टाचार, शाखा प्रबन्धक विरुद्ध मुद्धा दायर 


 बैकिङ्ग समाचार । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको सिस्टम ह्रयाक गरेर करिब ५५ लाख अनियमितता गरेको भन्दै एक कर्मचारी विरुद्ध आरोप पत्र दायर गरेको छ।

अख्तियारले नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइराला विरुद्ध ५४ लाख ८४ हजार ४५ रुपैया ६० पैसा हिनामिना गरेको जनाएको छ। कोइरालाले बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कार्यहरु गरी भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको भनाई छ ।

कोइरालाले नेपाल बैंक लिमिटेडको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा नेपाल बैंकले प्रयोग गर्ने बैकिङ्ग सिष्टम अन्तर्गत प्रयोग गर्ने गरी निजलाई व्यक्तिगत रुपमा प्रदान गरिएको अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाईसमेत प्रयोग गर्न दिन नमिल्ने व्यक्तिगत टेलर आईडी र सिस्टम सुपर युजरको दुरुपयोग गरी बैंकलाई हानिनोक्सानी र्पुयाएको पृष्टि भएको हो।

कोइरालाले ५४ लाख ८४ हजार ४५ रुपैया ६० पैसा आफ्नो विभिन्न खातामा जम्मा गरी गराई सो रकम खाइमासी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि अख्तियारले आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेहको हो।