साधना लघुवित्तको आईपिओमा आवेदन खुल्यो

साधना लघुवित्तको आईपिओमा आवेदन खुल्यो


बैकिङ्ग समाचार । 
साधना लघुवित्त वित्तीय संस्थाको ६ लाख ६१ हजार ५२० कित्ता साधारण शेयरमा आइतबारदेखि आवेदन खुलेको छ ।

नेपाल राष्ट्र बैंकले 'घ' वर्गको वित्तीय संस्थाका रुपमा अनुमति दिएको सो संस्थाले प्रतिकित्ता १०० का दरले ६ करोड ६१ लाख ५२ हजार बराबरको साधारण शेयर बिक्रीमा ल्याएको हो।

लघुवित्तले कुल निष्कासन गरेको ७ करोड ७ लाख ८० हजार शेयरमध्ये ०।५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता शेयर कर्मचारीलाई तथा पाँच प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लागनी कोषका लागि सुरक्षित गरिएको छ ।

लघुवित्तको शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमएई क्यापिटल लिमिटेड रहेको छ । साधारण शेयर छिटोमा यही असार २४ गतेसम्म र ढिलोमा आगामी साउन ४ गतेसम्म बिक्री गरिनेछ । जसम्मा न्यूनतम १० एकाई र अधिकतम एक हजार एकाईहरूको लागि आवेदन राख्न सकिन्छ।

इक्रा नेपालले गरेको रेटिङमा सो वित्तीय संस्थाको शेयर औसतभन्दा तल आधार रहेको उल्लेख गरिएको छ । नेपाल धितोपत्र बोर्डले यही असार ७ गते साधारण शेयर निष्कासनका लागि संस्थालाई स्वीकृति दिएको थियो ।

केहि समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकिकृत कारोबार थालेको थियो। सर्वसाधारणलाई शेयर जारी गरेपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने योजना कम्पनीको छ । सर्वसाधारणमा शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । हकप्रद पछि पूँजी ३२ करोड नाघ्नेछ।

लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ९० लाख ९१ हजार खुद नाफा आर्जन गरेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको चुक्ता पूँजी १४ करोड ७० लाख र वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको छ । संस्थाको जगेडा कोषको आकार १ करोड १४ लाखबाट बढेर ४ करोड २ लाख पुगेको छ ।