१० कित्ता आइपीओ पाउन २० हजार कित्ता आवेदन

१० कित्ता आइपीओ पाउन २० हजार कित्ता आवेदन


 बैकिङ्ग समाचार । 
१० कित्ता सेयर पाउन २० हजार कित्ता आइपीओ भर्ने लगानीकर्ता पनि भेटिएका छन् ।

एनआईसी एशिया लघुवित्तको आइपीओमा ३ जनाले लगानीकर्ताले २० हजार कित्ता सेयर किन्न आवेदन दिएका थिए । जसमा एकजना लगानीकर्ताले २० कित्ता सेयर पाए भने २ जना लगानीकर्ताले १० कित्ताको दरले सेयर पाउन सफल भए ।

एनआईसी एशिया लघुवित्तको आइपीओमा ४४ जना आवेदकले १० हजार कित्ता सेयर भरेका थिए । जसमा ४ जनाले २० कित्ता सेयर पाउन सफल भए भने बाँकी ४० जनाले १० कित्ता मात्र सेयर पाए ।

९ हजार कित्ताको लागि १३ जना आवेदकले आवेदन दिए । जसमा जसमा ३ जना आवेदकले २० कित्ता सेयर पाए बाँकीले १० कित्ता मात्र सेयर पाए ।

एनआईसी एशिया लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता बराबरको ४७ करोड ५५ लाख रुपैयाँको आइपीओ निष्कासन गरेको थियो ।

जसमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । त्यसमा ३ लाख ९७ हजार ७४१ वटा आवेदकले मात्र सेयर पाएका छन् । आइपीओमा मागको करिब ५ गुणा आवेदन परेको थियो ।

जसमा ४६ हजार ५७९ जनाले २० कित्ता सेयर पाए भने ३ लाख ५१ हजार १६२ जनाले १० कित्ता सेयर पाए ।

एनआईसी एशिया लघुवित्तले निष्कासन गरेको सेयर हेर्दा न्यूनतम १० कित्ता र गोलाप्रथाबाट केहीले २० कित्ता सेयर पाउने अनुमान थियो । 

यसको लागि धेरै रकमको सेयर भर्नु आवश्यक भने थिएन । बढीमा ५० कित्तासम्म आवेदन गर्दा हुने सेयरमा लगानीकर्ताले २० हजारसम्म भर्नुले सेयर शिक्षा अझै नपाएको देखिन्छ ।

लगानीकर्ताले आवेदन दिन पाउने रकम आवेदन गरेपनि बढी रकमको आइपीओ यस्तो निष्कासनमा भर्नु भनेको यसको बारेमा जानकारी कम भएको भनेर बुझ्न सकिन्छ ।

अहिले बढी रकमको आइपीओ हाल्नुको अर्थ आइपीओ प्रणालीलाई बुझ्न नसकेको सेयर बजारका जानकारहरु बताउँछन् ।  

अहिलेको आइपीओको बारेमा ज्ञानको कमीले गर्दा १० कित्ताको लागि २० हजार कित्तासम्म आवेदन दिएको हुनसक्ने उनीहरुले आंकलन गरेका छन् । पहिला धेरै भर्दा धेरै कित्ता पाउने व्यवस्था थियो, १० कित्ताको अनिवार्य व्यवस्थाले अहिले ठूलो रकम आइपीओमा लगानी गर्नु नपर्ने व्यवस्था छ ।