सिद्धार्थ बैंकको ब्याजदरमा परिवर्तन 

सिद्धार्थ बैंकको ब्याजदरमा परिवर्तन 


बैकिङ्ग समाचार । 
सिद्धार्थ बैंक लिमिटेडले असार १९ गते, शुक्रबारदेखि लागू हुनेगरि नयाँ व्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार सबै बचत खाताको ब्याजदर ५.५० प्रतिशतमा झारेको छ। यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागतमा ७ प्रतिशत तथा नवीकरण गर्ने संस्थाहरुलाई ७.१० प्रतिशत ब्याज दिने भएको छ।

बैंकले कर्जातर्फ औसतमा आधार ब्याजदरमा ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह हुने जनाएको छ।

गत चैत मसान्तको अनुसार बैंकको आधार ब्याजदर ९.९८ प्रतिशत रहेको छ। जेठमा बैंकको स्प्रेडदर ४.५१ प्रतिशतमा झरेको छ। बैंकले पाँच वर्षे शैक्षिक कर्जामा १२.५० प्रतिशतको स्थिर ब्याजदर तोकेको छ।

यस्तो निक्षेप धितोमा प्रवाह हुने कर्जामा आफ्ने मुद्दती निक्षेपमा कुपनरेटमा १.५० देखि ३ प्रतिशत वा आधार ब्याजदरमा १ प्रतिशत जुन माथि हुन्छ सोही प्रतिशतमा कर्जा प्रवाह हुने जनाएको छ। अन्य व्यक्तिको मुद्दती निक्षेपमा कुपनरेटमा २ देखि ५ प्रतिशत वा आधार ब्याजदरमा २ प्रतिशत जुन माथि हुन्छ सोही प्रतिशतमा कर्जा प्रवाह हुने जनाएको छ।

बैंकले शेयर धितोमा प्रवाह हुने कर्जाको ब्याजदर आधार ब्याजदरमा अधिकतम ५ प्रतिशतसम्मको प्रिमियम थप गरि कर्जा दिने भएको छ। 

बैंकले कृषि तथा  साना तथा मझौला व्यवसायमा प्रवाह हुने कर्जामा आधार ब्याजदरमा २ प्रतिशत प्रिमियममा प्रवाह गर्ने जनाएको छ।

\"\"