गरिमा विकास बैंकले दियो एक महिनाको पुरै ब्याज छुट

गरिमा विकास बैंकले दियो एक महिनाको पुरै ब्याज छुट


बैकिङ्ग समाचार ।

गरिमा विकास बैंकले यात्रुबाहक सवारी साधनका लागि ऋण लगेकाहरुको एक महिनाको पुरै ब्याज छुट दिएको छ।

राष्ट्र बैंकले कम्तिमा दुई प्रतिशत ब्याज छुट दिन भनिरहेका बेला बैंकले असार महिनाको ब्याज पुरै छुट दिने निर्णय गरेको हो।

कोभिड–१९ का कारण सरकारले गत चैतबाट लकडाउन गरिरहेको छ। लकडाउनका कारण यात्रुवाहक सार्वजनिक यातायात क्षेत्र पनि प्रभावित भएको छ। बैंकले यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधनहरु बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जामा एक महिनाको ब्याज छुट दिएको हो।

राष्ट्र बैंकले वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले छुट दिन भनेको छ। गरिमाले दुई प्रतिशतका अलावा एक महिनाको ब्याज छुट दिएको प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालले बताए।