२८ आर्थिक वर्षको साधारण सभा एकैपटक गर्दै एक सरकारी कम्पनी, आईपिओ जारी गर्ने तयारीमा

२८ आर्थिक वर्षको साधारण सभा एकैपटक गर्दै एक सरकारी कम्पनी, आईपिओ जारी गर्ने तयारीमा


बैकिङ्ग समाचार ।
सरकारी स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड (एचपीसीसीएल) ले २८ आर्थिक वर्षको साधारण सभा एक साथ आह्वान गरेको छ ।

कम्पनीले साउन १७ गते शनिबार कम्पनीको रजिष्टर्ड कार्यालय कोटेश्वरमा बिहान ११ बजे साधारण सभा राखेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष ०४७/०४८ देखि आर्थिक वर्ष ०७५/०७६ सम्मको संचालक समितिको प्रतिवेदन माथि छलफल र पारित गर्नेछ ।

त्यस्तै २८ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, बासलात, नाफा नोक्सान हिसाब लगायतका विवरण अनुमोदन गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरेर नयाँ ढाँचामा लाने प्रस्ताव समेत राखेको छ।

जडीबुटी बेचेर नाफा कमाउने उद्देश्यले वि.सं २०३८ साल पुसमा एचपीसीसीएलको स्थापना गरिएको हो । यो देशको पहिलो औषधिजन्य पदार्थहरु उत्पादन गर्ने कम्पनी पनि हो । जसको स्थापना औषधिजन्य जडीबुटी खेती, प्रशोधन, उत्पादन तथा बिक्री वितरणका लागि भएको हो।

यसले औषधि, खाद्यन्न तथा सौन्द्धय प्रशाधनका सामाग्रीहरु उत्पादन तथा बिक्री वितरण गर्छ । कम्पनीले सुगन्धित तेल, सन्चो, बाम (भिक्स), रोजिनरटर्पेनटाइन, हर्वल, हिमालय मसाज तेल र शिलाजित उत्पादन गर्दे आइरहेको छ।

कम्पनीले लागि तरहरा, बेलबारी, तामागढी, महेन्द्रनगर र टीकापुरमा ५०० हेक्टर जमीनमा जडीबुटी खेती गर्दे आएको छ । जडिबुटी खेतीका लागि कम्पनीले पाएको यी सबै जमिन प्रयोगमा आएको छैन ।

जसमा नेपाल सरकारको ८०.७२५ प्रतिशत, नेपाल औषधि लिमिटेडको ३.३७ प्रतिशत, वन उत्पादन विकास समितिको ३.३७५ प्रतिशत, कृषि विकास बैंकको २.८९ प्रतिशत शेयर लगानी रहेको छ । जसमा सर्वसाधारण्को ९.६५ प्रतिशत शेयर स्वामित्व रहनेछ । यो कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेको छैन् ।