राष्ट्र बैंकबाट अनुमति नलिएका संस्थासँग डिजिटल पेमेन्टको कारोबार नगर्न निर्देशन

राष्ट्र बैंकबाट अनुमति नलिएका संस्थासँग डिजिटल पेमेन्टको कारोबार नगर्न निर्देशन


बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट अनुमति नलिएका भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका संस्थाहरुसँग कारोबार नगर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले अनुमति नलिएका संस्थाहरुलाई डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा संचालन गरे गराएकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ।

विद्युतीय भुक्तानीको सीमा हट्यो, शेयर बजारका साथै समग्र क्षेत्रको भुक्तानीमा सहज हुने
साथै केन्द्रीय बैंकले भुक्तानी सेवा संचालनका लागि राष्ट्र बैंकबाट अनुमति पाएका संस्थालाई मात्र डिजिटल पेमेन्ट पार्टनर रुपमा आवद्ध गराउन निर्देशन दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिए।

भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न नपाइने प्रावधान रहेको छ ।

अनुमति नलिई भुक्तानी सम्बन्धि कार्य गर्नु गैर कानुनी भएकाले त्यस्ता कार्य गर्ने सबैलाई प्रचलित कानुन बमोजिम कारवाही हुने केन्द्रीय बैंकले जनाएको छ ।

यी हुन राष्ट्र बैंकबाट अनुमति प्राप्त भुत्तानी प्रणाली संचालक तथा भुक्तानी सेवा प्रदायक

\"\"