मिर्मिरे लघुवित्त राष्ट्रियस्तरमा स्तरोन्नति हुँदै, स्वेडालाई गाभेर असार २१ देखि एकिकृत कारोबार

मिर्मिरे लघुवित्त राष्ट्रियस्तरमा स्तरोन्नति हुँदै, स्वेडालाई गाभेर असार २१ देखि एकिकृत कारोबार


बैकिङ्ग समाचार । 
राष्ट्रियस्तरमा स्तरोन्नति हुने क्रममा रहेको मिर्मिरे लघुवित्तले धादिङको स्वेडा लघुवित्तलाई प्राप्ति गरे पश्चात असार २१ गतेदेखि एकिकृत कारोबार संचालन गर्ने भएको छ ।

धादिङको धार्केमा केन्द्रिय कार्यालय रहि १० जिल्ला कार्यक्षेत्र रहेको स्वेडालाई प्राप्ति गर्ने प्रस्ताव गत वैशाख १७ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गराएको थियो ।

गत पुस २७ गते एक्वीजिशन सम्झौता गरेको बनेपाको मिर्मिरे लघुवित्त वित्तीय संस्था र धादिङको स्वेडा लघुवित्तले ०७७ असार ५ गते राष्ट्र बैंक र असार ७ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट एक्वायरको अन्तिम स्वीकृति लिईसकेका छन् ।

मिर्मिरेले स्वेडालाई प्रतिकित्ता ७५ रुपैयाँमा खरिद गरेको हो। प्राप्ति पश्चात यी दुई कम्पनीकोे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुनेछ भने संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहने छ ।

मिर्मिरेको चुक्ता पूँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ छ भने स्वेडाको चुक्ता पूँजी १ करोड ३८ लाख रुपैयाँ छ।

स्वेडालाई प्राप्ति पछि राष्ट्रियस्तरमा स्तरोन्नति हुने क्रममा रहेको मिर्मिरे लघुवित्तले एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्ने योजनामा छ ।

यस्तै मिर्मिरेले नागबेली लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता समेत गरेको छ। मिर्मिरेले नागबेलीलाई आफुमा गाभ्ने प्रस्ताव पारित गर्न असार २० गत विशेष साधारण सभा बोलाएको छ ।

काभ्रेपलान्चोकको बनेपामा केन्द्रिय कार्यालय रहेको मिर्मिरेले झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको नागबेली लघुवित्तलाई प्राप्त गर्ने प्रस्ताव उक्त विशेष साधारणबाट पारित हुनेछ ।