एडिबीले क्वारिन्टाइन सुधारका लागि ३६ करोड सहायता दिने

एडिबीले क्वारिन्टाइन सुधारका लागि ३६ करोड सहायता दिने


बैकिङ्ग समाचार । 
एशियालाी विकास बैंक (एडिबी)ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाललाई थप सहायता दिने निर्णय गरेको छ।

एडिबीले नेपाललाई ३० लाख अमेरिकी डलर अर्थात ३६ करोड बराबर नेपाली रूपैयाँ सहायता स्वीकृत गरेको हो। बैंकले एशिया प्यासिफिक डिजास्टर रिसेन्स कोष (एपीडीआरएफ) बाट उक्त रमक अनुदान उपलब्ध गराउने भएको हो।

यो सहायता रकम नेपालमा क्वारिन्टाइन सुविधा बढाउन, विदेशबाट आपतकालिन फर्केका आप्रवासीहरु, सीमा क्षेत्रमा रहेका मानिसको सुरक्षित व्यवस्थापनका लागि खर्च गरिनेछ।

साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याब तथा मेडिकल सामग्री, औषधि तथा संक्रमण नियन्त्रणका लागि आवश्यक सामाग्री खरिदका लागि पनि यो रकम प्रयोग हुने एडिबीले जनाएको छ।

'यो सहयोगले नेपाल सरकारलाई क्वारेन्टाइन सुविधाको व्यवस्थापन र भाइरस फैलिन रोक्न सहयोग गर्नेछ,’ नेपालका लागि एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले भने, ’नेपाललाई कोरोनाविरुद्धको लडाइँमा सहयोगका लागि एडिबी सधैं तत्पर छ, नेपालको आर्थिक र स्वास्थ्य क्षेत्रमा महामारीको प्रभाव न्यूनीकरणका लागि मिलेर काम गर्छौँ।’

एडिबीको यसअघि कोरोना संक्रमण नियन्त्रणका साथै देशको सार्वजनिक स्वास्थ्य प्रणाली सुधार, महामारीको प्रतिकूल आर्थिक र सामाजिक प्रभावहरुलाई न्यूनिकरणका लागि २५ करोड अमेरिकि डलर सहयात उपलब्ध गराइसकेको छ।